कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सानेपामा सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरि सुरु भएको हाे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए। समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन्।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा संस्थापन इतर समूहले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गर्ने भएको छ। दुई दिन लगातार बसेको इतर समूहको बैठकले कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो।

Skip This
Skip This
Logo