११ दशमलव ९६ अंकले घट्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

११ दशमलव ९६ अंकले घट्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ। बुधबार  २२ दशमलव ११ अंकले घटेकोे बजार आज पनि ११ दशमलव ९६ अंकले घटेको छ। 

बिहीबार २२७ वटा घितोपत्रको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। 

बिहीबार  १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। 

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Skip This
Skip This
Logo