कांग्रेस बैठकमा के के छलफल भए?, यी हुन् ९ प्रस्ताव

कांग्रेस बैठकमा के के छलफल भए?, यी हुन् ९ प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको  केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ। 

यसका लागि दुईवटा समितिहरु गठन गरिएको छ। स्थानीय निर्वाचन मूल तयारी समिति – संयोजक, घोषणा पत्र तयारी समिति-संयोजक लगायत समितिहरु गठन गरिएको जनाएको छ। 
बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल भएको कांग्रेसले जनाएको छ।

यी हुन् कांग्रेस बैठकमा छलफल भएका ९ प्रस्ताव

१) स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरु गठन गरिएको छ

• स्थानीय निर्वाचन मुल तयारी समिती – संयोजक
• घोषणा पत्र तयारी समिति – संयोजक लगायत समितिहरु निम्नानुसार गठन गरिएको छ।

२) संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान
अघि बढाउने सम्बन्धमा ।

३) सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं
शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४) विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५) केही नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६) १४ औं महाधिवेशन पश्चात् निश्चित गर्ने गरि अधिवेशन क्रममा थाति
राखिएका क्रियाशिल सदस्यहरुको व्यवस्थापन सम्बन्धमा ।

७) नयाँ क्रियाशिल सदस्यता वितरण सम्बन्धमा।

८) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा।

९) बाँकी जिल्ला (क्षेत्र र पालिकासमेतको) अधिवेशनको नयाँ मिति घोषणा
गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।

Logo