राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने भएका छन्। बिहीबार राजधानीमा बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो।
आज बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएकाे उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए। हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ।
फागुन पहिलो साताभित्र दल दर्ता गरिसक्ने गरि थापा समूहले तयारी थालेको छ।
बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा राष्ट्रिय एकता पार्टी नेपाल नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ।































प्रतिक्रिया