काेराेनाले बन्द पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि खुल्ला

काेराेनाले बन्द पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि खुल्ला

केन्द्रबिन्दु
0
Shares

काेराेना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएकाे पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेकाे छ।

काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरि पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए। तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनु पर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ।

५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

सिसिएमसिकाे सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरि एक पटकमा ५० जनाभन्दा बढी नहुने गरि पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेकाे छ।

Logo