केही सातादेखि निरन्तर सरकारको विरोधमा प्रदर्शनी गर्दै आएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको टेकु स्थित नेपाल आलय निगमको कार्यालय घेराउ गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय यूथ फोर्स विभागले शुक्रबार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आलय निगम घेराउ गरेको हो ।

युवा संघले बिहीबार पनि मूल्य वृद्धि खारेज गर्नुपर्ने, देशको गुमेको भूमि फिर्ता गर्नुपर्ने, हिंसात्मक अभिव्यक्ति दिने संघीय मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, कोभिड विरुद्धको खोपमा भएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शनी गरेको थियो ।

































प्रतिक्रिया