स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल

केन्द्रबिन्दु
0
Shares

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ। त्यहाँ कार्यरत अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो। 

स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो। उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ 

कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये अहिले ३ जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए।

Skip This
Skip This
Logo