६ महिनामा नेपाललाई एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता

६ महिनामा नेपाललाई एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। 

२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख (६.१८ प्रतिशत) र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) रहेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विकास आयोजना/कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो। 

Skip This
Skip This
Logo