सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ। शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप छ।
मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरुको प्रभावकारिता तथा शान्ति प्रकृयासँग सम्बन्धित निकायका क्रियाकलापहरुलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समितिअहिले सभापतिविहीन अवस्थामा रहेको छ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनेसँगै सभापति खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरि शुक्रबारका लागि बैठक बोलाइएको थियो ।
'बुधबारको बैठकबाट जेष्ठ सदस्यको नाताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियो' जसपा सांसद राजकिशोर यादवले भने ।
वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका कांग्रेसले गरेको छ।
'समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे' कांग्रेसका एक सांसदले भने ।
सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था रहेको छ।































प्रतिक्रिया