बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।
१०औँ गाउँसभामा सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेद्वार बन्ने बताएका हुन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।
सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनकाे दाबी छ।
स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।































प्रतिक्रिया