अब सवारी साधनकाे ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने

अब सवारी साधनकाे ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरू भएको छ। एन्ड्रोइड वा आइओएस दुवैबाट नागरिक एप डाउनलोड गरि यस प्रक्रिया अनुसार सेवा प्रयोग गर्न सकिन्छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै यसरी ब्लुबुक नवीकरण गर्न सकिने भएको हो। 

यसका लागि यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छन्।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई–सेवा र खल्तीको मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको छ। यसबाट सवारी करको विवरण र ब्लुबुक नवीकरणको अवस्थाको विषयमा जानकारी लिन सकिन्छ। तर भुक्तानीका लागि डिजिटल वालेटले स्वीकृति नपाएका कारण नागरिक एपले ब्लुबुक नवीकरण सेवा दिन सकेको थिएन।

अब भने ई–सेवा र खल्तीले प्रदेश सरकारबाट त्यसको स्वीकृति पाएसँगै नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको हो। यसैगरी प्रदेश सरकारको टीएमआईएस प्रणालीको वेबसाइटमा गएरसमेत यो सेवा लिन सकिन्छ।

Skip This
Skip This
Logo