जानकी फाइनान्सको साधारण सभा फागुन ७ गते

जानकी फाइनान्सको साधारण सभा फागुन ७ गते

केन्द्रबिन्दु
0
Shares

जानकी फाइनान्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन ७ गते गर्ने भएको छ। 

कम्पनीले सभा होटल मानकी इन्टरनेशनल प्रा.लि, शिव चौक जनकपुरधाममा बिहान १० बजे गर्ने जानकारी गराएको हो । 

सभाले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसका साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोजको मिति तोकेको छ। माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Skip This
Skip This
Logo