कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो ।  

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच कांग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ ।

सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिको विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ । सोमबार बसेको सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो । 

Logo