एकीकृत समाजवादीले एमसीसी अनुमोदन हुन नदिने

एकीकृत समाजवादीले एमसीसी अनुमोदन हुन नदिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।  

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने न्युज कारखानालाई बताएका हुन् । 

‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’ 

प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा (एमसीसी) टेवल गर्ने तयारी गरिरहेको छ । 

कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।  

यसैसिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने (एमसीसी) पास हुने वातावरण बन्न नदिने बताएको हो । 

Skip This
Skip This
Logo