राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन्। शर्माको मंगलबार विहान निधन भएको थियो।
‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
निधन भए पनि कृतिका माध्यमबाट शर्मा अमर रहने उनले बताएकी छन्।
‘आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनुहुनेछ। दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छन् ।





























प्रतिक्रिया