५३ दशमलव ३० अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित

५३ दशमलव ३० अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ ।  
 
मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि फाइनान्स समूहको २ दशमलव ८५ अंकले बढेको हो । 

मंगलबार न्यादी  हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Logo