मधेश प्रदेश समाज रुपान्तरणको पक्षमा छ : मुख्यमन्त्री राउत

मधेश प्रदेश समाज रुपान्तरणको पक्षमा छ : मुख्यमन्त्री राउत

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् । 

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका बिकृति, बिसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए । 

उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताउदै यस अबधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरेको उल्लेख गरे । 

मुख्यमन्त्री राउतले भने, ‘समाजका रुपान्तरण गर्ने किसिमका अभियानहरु पनि सञ्चालन गरेका यहाँहरु देख्नुहुनेछ । निश्चित रुपमा समाजमा रहेका कुरिति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिहरुलाई जबसम्म महिलालाई सशक्त बनाइदैनँ, दलितलाई मेनस्ट्रिममा ल्याइदैनँ, उत्पीडनमा रहेका समुदायहरुलाई जबसम्म अगाडी ल्याउँदैनौँ । निश्चित रुपमा यो समाजलाई रुपान्तरण गर्न सकिदैनँ ।’ 

Skip This
Skip This
Logo