बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । 

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गरेको  संसद् सचिवालयले जनाएको छ ।  

सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक बोलाएकाे बुझिएको छ । ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ । 

Skip This
Skip This
Logo