कथाकार ध्रुवकृष्ण ताम्राकारको मिराज कथा संग्रहको लोकार्पण

कथाकार ध्रुवकृष्ण ताम्राकारको मिराज कथा संग्रहको लोकार्पण

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि कथामा कलम चलाइरहेका कथाकार ध्रुवकृष्ण ताम्राकारको मिराज नामक कथा संग्रहको लोकार्पण भएको छ। सो कथा संग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुव ताम्राकारले संयुक्तरूपमा विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के के कर्माचार्यले  मिराज कथा संग्रह एक पठनीय कृति भएको बताए। उनले कथा समाजका लागि लेखिने भएकाले कथाले समाजमा घट्ने घटनाहरूलाई सजिव ढङ्गले प्रस्तुत गर्नुपर्ने बिचार व्यक्त गरे ।  

त्यस्तै साहित्यकार सूर्य लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै कथाहरू पठनीय रहेको बिचार ब्यक्त गरे। उनले कथाहरू समाजमा भएका वास्तविक घट्नाहरूमा आधारित रहेकाले कथा पढ्दै जाँदा तपाईं हामीले देखेका, भोगेका कुराहरू रहेको आभास मिल्ने बताए ।

मिराजमा ११ वटा कथाहरू संग्रहित छन्। कथाहरू यथार्थपरक रहेका छन्। सर्जक ताम्राकारको यसभन्दा अगाडि प्रारम्भ र हृदयका उद्गार गरि २ वटा कविता संग्रह, भावनाका उत्सर्ग गीत संग्रह,  स्पन्दन मुक्तक सङ्ग्रह र आँसुको कथा कथा संग्रह प्रकाशित छन्। 
     
कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य,  कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तब्य व्यक्त गरेका थिए।

Skip This
Skip This
Logo