नेपाल बन्द घाेषणा भएपछि सरकारले बढायाे सुरक्षा सतर्कता, उपत्यकामा बन्दकाे प्रभाव छैन

नेपाल बन्द घाेषणा भएपछि सरकारले बढायाे सुरक्षा सतर्कता, उपत्यकामा बन्दकाे प्रभाव छैन

केन्द्रबिन्दु
0
Shares

एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बुधबार नेपाल बन्दको घोषणा गरेका छन्। आजकाे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन्। 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन्। 

काठमाडाैं उपत्यकामा बन्दकाे प्रभाव परेकाे छैन। स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेकाे छ। लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन्।

गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेकाे छ।

'नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनु हुन आदेशानुसार अनुरोध छ' गृह मन्त्रालयले भनेको छ। 

Skip This
Skip This
Logo