पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटारमा

पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। 

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा  बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन्। 

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए। 

उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन्।

Skip This
Skip This
Logo