प्रय्यांकको नाममा यातना दिने युवा पक्राउ

प्रय्यांकको नाममा यातना दिने युवा पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रय्यांकको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा प्रय्यांक मस्करीको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरूमा उनी संलग्न भएको आरोप प्रहरीको छ । 

आकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

Logo