मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन्। दुबै खेल दिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ। 

मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा छ। एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

जारी लिगमा दुई खेल बाँकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ। 

Skip This
Skip This
Logo