राजधानीको बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाडाैंको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन्। मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो।
दुर्घटना पश्चात बससहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ।































प्रतिक्रिया