ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाले सातौं साधारण सभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको १९० औं बैठकले सातौं वार्षिक साधारण सभा फागुन २८ गते शनिबार बोलाएको हो ।
सभा फागुन २८ गते शनिबार बिहान ११ बजे ग्रामीण विकास लघुवित्तको प्रधानकार्यालय बुटवलमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।





























प्रतिक्रिया