धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालद्वारा पदभार ग्रहण

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन्।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे। पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी रहेको मन्त्री शर्माले स्मरण गराएका थिए।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिकरूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

Skip This
Skip This
Logo