भन्सार छली गर्ने १६ जना पक्राउ, एक करोड १४ लाख बढीको सामान बरामद

भन्सार छली गर्ने १६ जना पक्राउ, एक करोड १४ लाख बढीको सामान बरामद

केन्द्रबिन्दु
0
Shares

सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ।

श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अबैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

बरामद गरेको सामानसहित पक्राउ परेका १६ जनालाई आवश्यक कार्बाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाइएको प्रवक्ता काफ्लेको भनाइ छ।                                                                                   

Skip This
Skip This
Logo