मौसम सफा रहने

मौसम सफा रहने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। फागुन ८ गते आइतबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलब ५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको थियाे।

Skip This
Skip This
Logo