सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी

सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी

केन्द्रबिन्दु
0
Shares

ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ।

शीर्ष स्थानको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो। सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ।

चौंथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो। ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो। ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए। ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमको अग्रता ३१ मा पुर्याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन। 

इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टनेटहमसँग अंक बाँड्ने संकेत गरेको थियो। तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए।

अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो। सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ। जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो। तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ।

सिटीसँगको अंक दुरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो। 

४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो। ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए। ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे।

रातिका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-०, आर्सनलले ब्रेन्टफोर्डलाई २-१, 
वाटफोर्डले एस्टन भिल्लालाई १-०, बर्नलीले ब्राइटनलाई ३-१, साउथह्याम्पटनले एभार्टनलाई २-० ले पराजित गर्यो।

Skip This
Skip This
Logo