बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ : चित्रबहादुर केसी

बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ : चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन्। 

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले जानकारी दिए। 

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ।’ 

केसी एमसीसीको विपक्षमा छन्। उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ।

गठबन्धनका शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गरेका छन्। 

Skip This
Skip This
Logo