सडकमै एमसीसी स्वाहा कार्यक्रम

सडकमै एमसीसी स्वाहा कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन दलका शिर्ष नेताले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने निर्णयले आन्तरिक किचलो बढाएको छ । 

सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिए लगत्तै दलका अन्य नेता तथा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका छन् । 

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले बानेश्वरको सडकमै एमसीसी स्वाहा कार्यक्रम गरेको छ । सो क्रममा एमसीसीको विरोध गर्दै उनीहरुले सडकमै एमसीसी स्वाहा भन्दै होम गरेका छन् । 

अन्यदलहरु माइतीघरमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।  नेत्रविक्रम चन्द विप्लव०नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले अहिले विरोध प्रदर्शन  गरिरहेका छन् ।

Logo