एमसीसी पेस गर्ने भएपछि सांसदहरूको चर्काे विरोध

एमसीसी पेस गर्ने भएपछि सांसदहरूको चर्काे विरोध

केन्द्रबिन्दु
0
Shares

एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका हुन् । 

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन्। 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए। उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए। 

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाएका छन्। सा‌सद दुर्गा पाैडेलले बाेलिरहेकी छन् । उनले पनि विराेध जनाइरहेकी छन् । 

Skip This
Skip This
Logo