सरकारले एमसीसी सम्झौता संसदमा टेबल गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
एमसीसी टेबल भइरहँदा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले विरोधमा नाराबाजी गरेका थिए ।
नेकपा एमालेले भने विगतको मागलाई निरन्तरता दिँदै आइतबारको बैठक सुरु भएपछि नै नाराबाजी सुरु गरेको थियो ।
एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरिरहेका छन् । उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन्।
यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए। उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए।
यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाएका छन्। सांसद दुर्गा पाैडेलले पनि यसकाे विराेध गरिन् ।





























प्रतिक्रिया