तीन गाउँपालिका अझै बैंकिङ पहुँच बाहिर

तीन गाउँपालिका अझै बैंकिङ पहुँच बाहिर

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिसम्म ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। 

राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अझै पनि ३ वटा स्थानीय तह मध्ये गाउँपालिकामा वाणिज्य बैँकका शाखा पुग्न सकेका छैनन्। गत आर्थिक वर्षको पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए भने अहिले एउटा बढेर ७५० पुगेको हो। 

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुबिभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका रहेका छन्।

गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा बैँक तथा वित्तिय संस्थाहरुको शाखा संख्या १० हजार ६८३ रहेको थियो भने चालु आर्थिक वर्षकाे पुस मसान्तसम्म बैँक तथा वित्तिय संस्थाहरुको शाखा संख्या ११ हजार २१५ पुगेको छ। 

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२९ रहेको छ। त्यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

Logo