३९ दशमलव ४० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

३९ दशमलव ४० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ । 

आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आइतबार १३ वटा समूहमध्ये अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको २ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ। 
 
आइतबार युनाईटेड इदी मर्दी एण्ड आर.वि.हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Skip This
Skip This
Logo