एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकले विराटनगर, वार्ड नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। 

उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ। 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे । 
 
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np काे NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। 

Skip This
Skip This
Logo