४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

आइतबार (आज) ३ वाणिज्य बैंकसहित १ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। 

बोनस शेयर सूचीकृत हुने कम्पनीमा नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक, सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस सूचीकृत भएको छ। लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता, सनराइज बैंकको ६३ लाख ९ हजार ४८३.०९  र गुराँस लाइफ इन्स्योरेन्सको  १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो। 

उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि खरिद विक्री गर्न सकिनेछ।

Skip This
Skip This
Logo