के नेपालले विश्वकप खेल्छ ?

के नेपालले विश्वकप खेल्छ ?

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनल नजिक छ नेपाल । जारी लिग म्याचमा २ खेलमा शानदार जित निकाल्दै ४ अंकसहित समूह बी को शीर्ष स्थानमा रहेको नेपाललाई सेमिफाइलनमा पुग्न लिग चरणको अन्तिम खेलमा साँधुरो हार पनि पर्याप्त हुनेछ । तर मैदानभित्रको प्रतिस्पर्धा नितान्त जितका लागि हुनेछ । 

सोमबार अपरान्ह पौने ४ बजे नेपालले क्यानाडासँग प्रतिस्पर्धा गर्दैगर्दा अपराजित रहेर सेमिफाइनलमा पुग्ने योजनामा हुनेछ। विश्वकपमा छनोट चरण पार गर्न क्यानाडालाई पनि नेपालविरुद्ध जित आवश्यक हुनेछ। समान २ अंक भएको ओमानले फिलिपिन्सलाई फराकिलो अन्तरमा पराजित गरे र नेपालसँग क्यानाडा भारी अन्तरमा हारे सेमिफाइनलको समीकरण नै उथलपुथल हुने सम्भावना पनि नकार्न सकिन्न । कमजोर रनरेटका कारण घरेलु टोली ओमानको सम्भावना भने कमजोर नै छ।  

नेपालले पनि विश्वकप खेल्छ त ? भन्ने समर्थकको जिज्ञासा मेटाउन पनि सोमबारको खेलमा हरेक क्षेत्रमा नेपाललाई सुधार आवश्यक छ। महत्वपूर्ण म्याचमा सधैं कमजोर बन्ने ब्याटिङ लाईन नेपालका लागि जारी प्रतियोगितामा पनि टाउको दुखाइ बनेको छ। शुक्रबारको लो स्कोरको पहिलो म्याचमा नेपाली बलरको कसिलो बलिङ मद्दतले नेपालले ओमानलाई ३९ रनले हराउन सफल भयो। शनिबारको खेलमा भने ब्याटिङ र बलिङमात्र हैन नेपालले फिल्डिङमा पनि चामत्कारिक प्रदर्शन गरेको थियो । फिलिपिन्सविरुद्धको उक्त खेलमा नेपाल १३६ रनले विजयी त भयो तर तुलनात्मकरुपमा नेपालभन्दा ऊ कमजोर टीम मानिन्छ । 

नेपालको बलिङ यो पटक पनि चलेको छ। क्याप्टेन सन्दीप लामिछाने, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरीले बलिङमा चमत्कार गरेका छन्। पार्टटाइम बलर दीपेन्द्रसिंह ऐरीले २ म्याचमा ३ विकेट लिएर शनशनी मच्चाएका छन्।

सोमबारको म्याचमा ओपनर कुशल भुर्तेल नखेल्ने समाचारले नेपाली समर्थक थप चिन्तित बनेका छन्। उनले फिलिपिन्सविरुद्ध नटआउट १०४ रन बनाएका थिए ।  

शरद भेषवाकर टोलीबाटै बाहिरिनु, ज्ञानेन्द्र मल्लको ब्याट नचल्नुले पनि नेपाली टीममा अनुभवी ब्याट्सम्यानको खाँचो खड्किने छ। आवश्यक परेको बेला आफैं ब्याट चलाउने करण केसी र सोमपाल कामी चोटका कारण ओमान भ्रमणमा नै नपरेपछि फिनिसिङ लाइनअप कमजोर देखिन्छ । प्रशिक्षक पुबुदु दासानायकेले आशिफ शेख र कुशल भुर्तेलको ओपनिङ जोडीलाई अहिलेसम्मकै उत्कृष्ट बताएपनि सोमबारको खेलमा भुर्तेलसँग कसलाई ओपनिङ साझेदारी गराउँछन् पुबुदुले हेर्न बाँकी छ। दीपेन्द्रसिंह ऐरीको प्रदर्शन यो पटकको प्रतियोगितामा सम्झन लायक छ। दिपेन्द्रले कुशलसँग तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । जुन टी २० मा नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक साझेदारी हो । 

नेपालको बलिङ यो पटक पनि चलेको छ। क्याप्टेन सन्दीप लामिछाने, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरीले बलिङमा चमत्कार गरेका छन्। पार्टटाइम बलर दीपेन्द्रसिंह ऐरीले २ म्याचमा ३ विकेट लिएर शनशनी मच्चाएका छन् । अन्तर्राष्ट्रिय टी–२० को डेब्यु म्याचमा प्रशिक्षक दासानायके र क्याप्टेन लामिछानेले गुल्सन झालाई ओपनिङ बलिङ गराउनु उनीप्रतिको विश्वास हो। जुन विश्वासलाई गुल्सनले इमान्दारीपूर्वक निभाए र ३ ओभरमा मात्र १६ रन खर्चेर एक विकेट लिए । क्याप्टेन लामिछानेले २ म्याचमा ५ विकेट लिएका छन् । कमलसिंह ऐरीले ३ तथा जितेन्द्र र अभिनाषले २–२ विकेट आफ्नो नाममा लेखाएका छन् ।

समूह ए बाट सेमिफाइनलमा पुग्ने सम्भावना चारै टिमको कायम छ। यूएई ४ अंकमा शीर्ष स्थानमा छ भने बहराइन र आयरल्याण्डको समान २ अंक छ । अंकविहीन जर्मनीको पनि गणितीय सम्भावना कायम छ । सोमबार नै यूएई र बहराइन तथा आयरल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल सोमबार बिहान पौने १२ बजे सुरु हुनेछ । बहराईन र आइरल्याण्डको जित तथा हारले रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । यूएईसँग बहराईनको हार र जर्मनीविरुद्ध आयरल्याण्डको जितले सेमिफाइनल समीकरण अंकका आधारमा हुनेछ। समूह ए बाट सेमिफाइनल पुग्ने टिमले पनि विश्वकपमा छनोट हुन नेपाललाई सहज तुल्याउनेछ। चारदेशीय सिरिजमा आयरल्याण्ड र यूएईविरुद्ध नेपालको नमिठो हारले ग्लोबल छनोटको सेमिफाइनलमा नेपालको मनोबल कमजोर बन्छ कि भन्ने चिन्ता पनि उत्तिकै छ। 

सानै उमेरमा विश्वका महत्वपूर्ण लिग म्याच खेलेका सन्दीप अर्थात लक्की–ब्वाई अहिले नेपालका क्याप्टेन छन्। उनको कमानीमा नेपालले ५ मध्ये ३ खेलमा जित निकालेको छ। ग्लोबल छनोटको फाइनलसम्मको यात्रा तय गर्न सके नेपालले अष्ट्रेलियाको टिकट काट्ने छ। विश्वकप यही वर्षको अक्टोबरमा सुरु हुँदैछ।

Skip This
Skip This
Logo