एमसीसी प्रस्ताव संसदमा प्रस्तुत हुनु राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

एमसीसी प्रस्ताव संसदमा प्रस्तुत हुनु राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्। 

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताए।

भट्टराईले भनेका छन्, 'जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ। संसदमा खुल्ला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ! दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन, सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !'

Skip This
Skip This
Logo