एमसीसी टेबल गर्नेबारे पार्टीमा सहमति भएको थियो, सरकारबाट बाहिरिने भन्ने हुँदैन : मन्त्री झाँक्री

एमसीसी टेबल गर्नेबारे पार्टीमा सहमति भएको थियो, सरकारबाट बाहिरिने भन्ने हुँदैन : मन्त्री झाँक्री

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सैद्धान्तिक सहमति भएर नै एमसीसी टेबल गर्न सरकारलाई सहयोग गरेको बताएकी छिन् । उनले एमसीसी सदनमा टेबल गर्न पार्टीभित्र सहमति भएको बताइन् । 

‘आइतबार सदनमा टेबल भयो, परिमार्जनको विषय सदनमा उठ्ला, पार्टीको संसदीय दलको बैठक बसेर यसबारे रणनीति बनाउँछौं, यसबारे छलफल गर्न पर्याप्त समय छ, एमसीसी सदनमा टेबल गर्न सरकारलाई  सैद्धान्तिकरूपमा सहयोग गरेकोले सरकारबाट बाहिरिने भन्ने हुँदैन,’ उनले भनिन् ।

विरोधमा भ्रातृ संगठनको नारा जुलुस
सदनमा एमसीसी टेबल गर्ने निर्णय सार्वजनिक भएलगत्तै यसको विरोधमा रहेका विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर नाराजुलुस गरेका थिए।  विरोध प्रदर्शनले काठमाडौं उपत्यकाको सडक र सवारी सञ्चालन दिनभर अस्तव्यस्त बनेको थियो। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी टेबल गर्ने सहमति जनाएर निस्कन नपाउँदै उनकै पार्टीनिकट युवा तथा विद्यार्थी संघले पनि सडकमा विरोध गरिरहेका थिए। यस्तै, माओवादी केन्द्रको भ्रातृसंगठन पनि सडकमा उत्रिएको थियो।    

Skip This
Skip This
Logo