नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंगलवार बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती पश्चात आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन् ।































प्रतिक्रिया