युनिग्लोब कलेजका २५६ जना विद्यार्थी दीक्षित

युनिग्लोब कलेजका २५६ जना विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंस्थित नयाँ बानेश्रमा रहेको युनिग्लोब कलेजका २५६ जना विद्यार्थीहरू दीक्षित भएका छन् । कलेजबाट ब्याच्लर र मास्टर सकेका विद्यार्थीहरूलाई बिहीबार कलेज प्राङ्गडमा एक कार्यक्रमको आयोजना गर्दे दीक्षित गरिएको हो ।

कोभिड १९ का कारण पोखरा विश्वविद्यालयले गोल्ड मेडलिस्ट र डिन लिस्टमा परेकाहरूलाई मात्र दीक्षान्त समारोहमा समावेश गरेकाले अन्य विद्यार्थीहरूलाई कलेजले नै एक समारोहको आयोजना गरी दीक्षित गरेको हो । 

दीक्षान्त समारोहमा कलेजका प्रधानाध्यापक डा नरबहादुर विष्टले स्वागत मन्तव्य दिएका दिए भने पोखरा विश्वविद्यालयका म्यानेजमेन्ट डिन दयाराज ढकाल र परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रोफेसर डा राधेश्याम प्रधानको समेत उपस्थिति रहेको थियो ।

युनिग्लोब कलेजमा बिबिए, बिबिए–बीआइ, एमबिए, एमबिए–फाइनान्स लगायतको विषयमा पढाई हुने गरेको छ । युनिग्लोब कलेज विद्यार्थीमा उद्यमशीलताको विकास, बिजनेस फाइनान्स, स्टक मार्केट, ल्याब, रिसर्चका लागिसमेत परिचित छ।  विद्यार्थी तथा अभिभावकले विश्वास गर्न योग्य यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै व्यवस्थापन संकायतर्फ उत्कृष्ट पढाई हुने शिक्षण संस्थाको छवि बनाउन सफल छ।

 

Skip This
Skip This
Logo