लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा

लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स-११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे। एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन्। यस्तै, रोमा थापाले ११ रन बनाइन्। ललितपुरकी अनुराधा चौधरीले एक विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुर निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। ललितपुरकी सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान गरिन्।  यस्तै, आरती बिडारीले २१ र कप्तान सरस्वतीकुमारीले नौ रन बनाइन्।

एपीएफकी करुणा भण्डारी र सुमन विष्टले एक विकेट लिए। प्रतियोगितामा तीन खेल खेलेको एपिएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यस्तै, समान तीन खेलमा पराजित ललितपुर तालिकाको पुछारमा छ।

Logo