बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ्ग खुल्ला, मूल्य कति?

बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ्ग खुल्ला, मूल्य कति?

केन्द्रबिन्दु
0
Shares

सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरि बुकिङ्ग खुल्ला गरिएको छ। 

भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाईपछि नेपाली बजारमा उपलब्ध भएको हो । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लीले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकका लागि लक्षित गरि बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ।   

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकाले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एलईडि हेडल्यम्प विथ डिआरयल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन्।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहजरुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट  स्पेस र ग्याङ्गवे रहेको छ। 

यस जिपमा ठूलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ। यस जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार (अक्षरुपी अठहत्तर लाख उनान्सय हजार रुपैंयाँ मात्र) कायम गरेको छ। साथै यो मूल्य केही समयको लागि मात्र लागू हुनेसमेत कम्पनीले जानकारी गराएको छ।

Skip This
Skip This
Logo