नेपालको विकासका लागि एमसीसी आवश्यक : रामचन्द्र पौडेल

नेपालको विकासका लागि एमसीसी आवश्यक : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार भएको बताएका छन्। नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाे बताउँदै उनले यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन्।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन्। बिहीबार तनहुँ पुगेका नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारलगायत स्थानमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट गरेका छन्।

उनले राजनीति र विकाससँगै लैजान सके जनताको समस्या समाधान गर्न सकिने बताएका छन्। उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए।

Skip This
Skip This
Logo