रसुवा भन्सारले माघ महिनामा ८४ प्रतिशत मात्रै राजश्व उठायो

रसुवा भन्सारले माघ महिनामा ८४ प्रतिशत मात्रै राजश्व उठायो

केन्द्रबिन्दु
0
Shares

रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। 

भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीका अनुसार माघ महिनामा चीनमा ल्होसार पर्व तथा हिमपातका कारण चीनबाट सामाग्री नियमित आयात नहुँदा लक्ष्य पुरा गर्न नसकिएको हो।

कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४४ करोड मात्र राजश्व संकलन गरेको बताएको छ।

रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको मा चालु आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको ६५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ। 

कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तः शुल्क, भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गरेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ कोटा प्रणाली अन्तर्गत दैनिक नौ वटा चिनियाँ गाडीमा रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान जलविद्युत आयोजनाका सामग्री तथा यातायातका साधन लगायतका सामग्रीहरू भित्रिने गरेको छ।

नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात शून्य छ।

Skip This
Skip This
Logo