नागदहको सरसफाइमा जुटे स्थानीय व्यवसायी

नागदहको सरसफाइमा जुटे स्थानीय व्यवसायी

केन्द्रबिन्दु
0
Shares

स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाइ सुरु भएको छ । जलकुम्भी झारले दह कुरूप बन्दै गएपछि स्थानीय व्यवसायी सफाइ अभियानमा जुटेका हुन् ।

स्थानीय व्यवसायी उमेश केसी नागदह सफाइ गरेर आन्तरिक पर्यटकको चहलपहल बढाउने बताउँछन् । उनले भने, ‘नागदहको सफाइ लामो समयसम्म भएन । जलकुम्भीका कारण नागदहको सन्दर्भमा असर पर्न थालेपछि हामी जुटेका हौँ ।’ 

व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो ।
उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने अवस्था छ । 

नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यवसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाइ सुरु भएको हो ।  गरिएको हो । नागदहको सरसफाइका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाइ गर्ने केसीले बताए ।

नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको केसीले बताए । ललितपुर महानगर २४ वडाका वडाध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए । उनले भने, ‘नागदहको प्रवर्द्धनमा हामीले काम गरेका छौँ ।’

केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ ।

Skip This
Skip This
Logo