सन्तोषकुमार देवकोटा ‘नेपाली पात्रो’ को सिइओमा नियुक्त

सन्तोषकुमार देवकोटा ‘नेपाली पात्रो’ को सिइओमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

विसं. २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’ मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन्।

रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’ मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रूपमा छवि बनाएका उनी पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्यूनिटी प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन्। देवकोटा फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’ का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

विक्रम संवत् २०६३ साल (सन् २००८) मा सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरूका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो।

नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ।

नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो। यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरू, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरूले युक्त छ।

Skip This
Skip This
Logo