सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाबी गरेका छन्।
सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए। शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रियासमेत दिए।
अध्यक्ष दाहालले भने, ‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतिको बाटोबाटै अघि बढछ।’
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भइरहेको बताउँदै आएका छन्।





























प्रतिक्रिया