एमाले हुम्लाको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन

एमाले हुम्लाको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

दुईपटक स्थगन भएको नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन्। 

अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ। स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला  इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो। 
 
जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडामध्ये लिमीबाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्य सर्वसम्मत टुङ्ग्याइएको छ। नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। 

जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निर्माण गरेको एमाले स्थायी कमिटी सदस्य बोगटीले बताए। 

Skip This
Skip This
Logo